भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

फुटबल नयाँबस्तीको जित

फुटबल नयाँबस्तीको जित

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले दोस्रो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा अखिल नेपाल फुटबल सङ्घ कम्पलेक्समा आज भएको खेलमा नयाँबस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।नयाँबस्तीको जितमा सुमन योङ्ग्य थगलनथब, रोशन आङ्देम्बे र सोम थापाले एक–एक गोल गरे । यता ब्वाइज युनियनका लागि भने विनोद राई र दिवस मास्केले एक–एक गोल फर्काए । खेलको १७ औैँ मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई पहिलो अग्रता दिलाए ।

खेलको ३९ औँ मिनेटमा ब्वाइज युनियनका विनोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ५० औँ मिनेटमा दिवसले गोल गरेपछि ब्वाइज युनियनले २–१ को अग्रता बनाको थियो तर त्यो २–१ गोलको अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको ६९ औँ मिनेटमा नयाँबस्तीका खेलाडी रोशनले एक गोल थपेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियोे । त्यसपछि खेलको ८२ औँ मिनेटमा सोमले गोल गरेपछि नयाँ बस्तीले ३–२ गोलको जित हासिल ग¥यो ।यस जितसँगै चार खेलबाट नयाँबस्तीले छ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित ब्वाइज युनियनको चार खेलमा तीन अङ्क रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.