भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फुसको छानो हटाउने अभियानमा भेजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ३

फुसको छानो हटाउने अभियानमा भेजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ३

भोजपुर । भेजपुरको टेम्केमैयुङ गाउँपालिकाले फुसको छानोमुक्त बनाउने अभियान थालेको छ । टेम्केमैयुङ गाउँपालिका वडा नं ३ अन्नपूर्ण वडाले फुसको छानोमुक्त बनाउने अभियान थालेको हो ।

कमजोर आर्थिक अवस्था भएका वडाका नागरिकहरुलाई लक्षित गरि जस्तापाता वितरण अभियानको थालनी भएको ३ वडाले जनाएको छ । हालको गाउँपालिका केन्द्र समेत रहेको यो ठाउँलाई नमुनासँगै व्यवस्थित बनाउन योजनावद्ध रुपमा अभियान सञ्चालन भइरहेको वडा कार्यालयले जनाएको छ ।

वडाले थोरै बजेटमा भए पनि स्थानीयको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेको स्थानीयको भनाई रहेको छ । गत वर्ष १३ विपन्न घर परिवारको खरको छानो हटाउनका लागि जस्तापाता वितरण गरिएको थियो भने यस वर्ष १५ परिवारलाई वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.