भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

फ्रान्सका विदेशमन्त्री भारत भ्रमणमा आउने

फ्रान्सका विदेशमन्त्री भारत भ्रमणमा आउने

काठमाडौं । फ्रान्सका विदेश मन्त्री जेन याभेस लि ड्रियानले भारतको औपचारिक भ्रमण गर्नु हुनेभएको छ । उहाँले यही अप्रिल १३ देखि १५ सम्म भारतको भ्रमण गर्नुहुने तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतको विदेश मामिला मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत फ्रान्सका विदेश मन्त्रीको तीनदिने औपचारिक भ्रमणका बारेमा जानकारी दिएको हो । उहाँले भारत भ्रमणका क्रममा भारतीय समकक्षी डा एस जयशंकरसँग अप्रिल १३ मा विषेश भेटवार्ता गर्नुहुने भएको छ ।

उहाँहरुका बीचमा दुई पक्षीय सम्बन्ध, साझा चासो र सरोकारका विषयमा छलफल हुने जनाइएको छ । फ्रान्सका विदेश मन्त्री ड्रियानले भारतका वातावरण, वन तथा जलवायु मन्त्री प्रकाश जाभादेकरसँग जलवायु परिवर्तन र त्यसका चुनौती सामना गर्न सहकार्य गर्ने बारेमा छलफल गर्ने कार्ययोजना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.