भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फ्रान्सका विदेशमन्त्री भारत भ्रमणमा आउने

फ्रान्सका विदेशमन्त्री भारत भ्रमणमा आउने

काठमाडौं । फ्रान्सका विदेश मन्त्री जेन याभेस लि ड्रियानले भारतको औपचारिक भ्रमण गर्नु हुनेभएको छ । उहाँले यही अप्रिल १३ देखि १५ सम्म भारतको भ्रमण गर्नुहुने तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतको विदेश मामिला मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत फ्रान्सका विदेश मन्त्रीको तीनदिने औपचारिक भ्रमणका बारेमा जानकारी दिएको हो । उहाँले भारत भ्रमणका क्रममा भारतीय समकक्षी डा एस जयशंकरसँग अप्रिल १३ मा विषेश भेटवार्ता गर्नुहुने भएको छ ।

उहाँहरुका बीचमा दुई पक्षीय सम्बन्ध, साझा चासो र सरोकारका विषयमा छलफल हुने जनाइएको छ । फ्रान्सका विदेश मन्त्री ड्रियानले भारतका वातावरण, वन तथा जलवायु मन्त्री प्रकाश जाभादेकरसँग जलवायु परिवर्तन र त्यसका चुनौती सामना गर्न सहकार्य गर्ने बारेमा छलफल गर्ने कार्ययोजना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.