भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

बँदेललाई थापेको पासोमा परेर एक जनाको मृत्यु

बँदेललाई थापेको पासोमा परेर एक जनाको मृत्यु

सुस्ता पश्चिम । बँदेल मार्न थापेको पासोमा परेर नवलपरासीमा एक जनाको ज्यान गएको छ । बर्दघाट–सुस्ता पश्चिममा घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न पासो थापियो ।

सोही पासोमा परी रामग्राम नगरपालिका–१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको ज्यान गएको हो । शुक्रबार राति घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनियाले खोजतलासका लागि प्रहरीमा निवेदन दिइन् । प्रहरीले खोजतलास ग¥यो । खोजतलास गर्ने क्रममा यादवसँगै अन्य चार जना मिलेर पासो थापेको र उनको मृत्यु भएपछि चारै जना फरार भएको पत्ता लागेको छ ।

फरारको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । दुई जनालाई भने रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ । पक्राउ परेका बाबुराम चौधरी र मोहन चौधरीले यादवको पासोमा परी मृत्यु भएपछि घटनास्थलभन्दा केही पर कुलामा खाल्डो खनेर शव पुरेको बयान दिएका थिए ।

प्रहरीका अनुसार शुक्रबार राति उनीहरु पाँचै जनाले पासो थापेर घर गएको र बँदेल परेपछि खबर गर्ने जिम्मा यादवकै थियो । अबेरसम्म पनि यादवले जानकारी नदिएपछि पासो थापेको ठाउँमा आफूहरु पुग्दा यादव मृत फेला परेपछि खाल्डो खनेर पुरिएको पक्राउ परेकाहरुले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.