भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

जन्मदिनमा बृद्धबृद्धालाई खाना खुवाउँदै आर्थिक सहयोग गर्ने मनकारी उर्मिला कार्की

जन्मदिनमा बृद्धबृद्धालाई खाना खुवाउँदै आर्थिक सहयोग गर्ने मनकारी उर्मिला कार्की

काठमाडौं । मानिसहरुले आफ्नो जन्मदिन मनाउन विभिन्न किसिमका अभ्यासहरु गर्ने गरेका छन् । कतिपय मानिसहरुले आफ्नो जन्मदिनमा केक काट्दै र बत्ती निभाउदै गरेका दृश्यहरु देखिने गरेका छन् । तर कतिपय मानिसहरुले आफ्नो जन्मदिनलाई सामाजिक कार्यमा समेत जोड्ने गरेका छन् ।

आफ्नो जन्मदिनलाई सामाजिक कार्यमा जोड्ने समाजसेवी तथा लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट टाउनकी अध्यक्ष उर्मिला कार्की पनि एक हुन । उनले आफ्नो जन्मदिनलाई यादगार बनाउन बृद्धाहरुलाई खाना खुावाएकी छन् । कार्कीले नवजीवन परोपकार समाजमा रहेका बृद्धबृद्धालाई खानामात्रै नखुवाईनन् उनले नवजीवन परोपकार समाजलाई रु ५ हजार आर्थिक सहयोग समेत गरिन ।khana

कार्कीले आफ्नो जन्मीदिनलाई केक काटेर होइन हरेक कुरालाई मनमा लुकाएर राखेका बृद्धबृद्धालाई आफ्नो तर्फबाट केही सहयोग होस् भन्ने उदेश्यले आफ्नो जन्मदिनमा खाना खुवाउनुका साथै आर्थिक सहयो गरेको बताईन । उनले भनीन आफ्नो जन्मदिनमा केक काटेर खर्च गर्नु भन्दा केही अप्ठेरोमा परेका मानिसहरुलाई सहयोग गरौंकी भन्ने हिसाबले खाना खुवाए ।khana

उनले समाजमा रहेका असहाय, गरिब, दिनदुखीहरुलाई निरन्तर सहयोग गरिहने बताइन । कार्कीले  नवजीवन पराेपकार समाजमा रहेका १६ जना बृद्धबृद्धालाई खाना खुवाएकी हुन ।कार्कीलाई नवजीवन पराेपकार समाजका सदस्यहरूले धन्यवाद दिएका  थिए । khana

 


Thali Mobile Pvt.Ltd.