काठमाडाैं । स्व. रामसिंह महराको पुण्य तिथी पारेर मानव सेवा आश्रम सामाखुशीमा लक्ष्मी नारायण र बाल गोपालको लागि खाना खुवाउने कार्य सम्पन्न भएको छ ।
डिस्ट्रीक ३२५ ए २ अन्तर्गतको क्लव लायन्स क्लव अफ काठमाडौं ओपेरा सिटीका क्लव प्रेसिडेन्ट लायन जयन्ती अधिकारी महरा, क्लब ट्रेजरर लायन उद्दब बहादुर महराका पिताको पुण्य तिथिको अवसरमा सम्पन्न यो कार्यक्रममा लायन जयन्ती अधिकारी र उद्दब महरालाई हार्दिक बधाई दिएका छन् ।
डिस्ट्रीक ३२५ ए २ का प्रथम भाइस गभर्नर पि.यम.जेफ कार्यक्रममा लायन केशब पाण्डे, डिस्ट्रिक क्याबिनेट ट्रेजरर डा. कमल कायस्थ, डिस्ट्रि ३२५ बि १ का डिपार्टमेन्ट चिफ हङगर रिलिफ लायन जनार्दन फुयाल, डिस्ट्रि ३२५ बि १ का डिपार्टमेन्ट चिफ क्याम्पियन १०० का पि. यम. जे.फ लायन राजु चालिसेले मानव सेवा नै उच्चतम सेवा अर्थात परोपकार सेवा भएको बताए ।
त्यस्तै डिस्ट्रिक ३२५ ए २ का रिजन चेयर पर्सन लायन ईन्द्र बहादुर कार्की, जोन चेयर पर्सन लायन रेणु श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागिले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यक्रमको अपेक्षा गरेको बताए । दीन दुःखीको सेवाले पुण्य प्राप्त हुने भन्दै खाना कार्यक्रममा क्लब अध्यक्ष जयन्ती अधिकारी महरालगायतको टिमलाई बधाई दिए । साथै District Department Chief Hunger Relif Lion Janardan Phuyal ले District 325 B1 काे Governors pin बाट सम्मान समेत गरेका थिए ।
