भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

बजार अनुगमन

बजार अनुगमन

लुम्बिनी । मापदण्डविपरीत कारोबार गर्दै आएका पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्न थालेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिको समन्वयमा गरिएको बजार अनुगमनका क्रममा त्यस्ता पसल कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा खरिद बिल नभएका कक्रहवास्थित राजीन्द्र कोल्ड स्टोरलाई रु पाँच हजार, दीपक मदिरा पसललाई रु पाँच हजार , महिमा फेन्सी स्टोरलाई रु पाँच हजार, रीता टे«ड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना तिराइएको कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिनुभयो ।

कार्यालयले बजार अनुगमनका क्रममा करिब रु १२ हजार ८९० का म्याद सकिएको सामग्रीसमेत फेला पारी नष्ट गरेको थियो । कार्यालयले मिनरल वाटरका बोटलमा राखेर अनाधिकृत रुपमा पेट्रोल बेच्नेलाई समेत कारबाही गर्न थालेको छ ।
लुम्बिनीदेखि दक्षिणी क्षेत्रमा रहेको उक्त नाकामा प्रहरी प्रशासनको बाक्लो उपस्थिति भए पनि कालोबजारी र अवैध क्रियाकलाप रोकिएको छैन । बजार अनुगमनलाई नगरपालिका क्षेत्रमा पनि कडाइ गर्न थालिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.