भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

तीन सञ्चारकर्मी पुरस्कृत

तीन सञ्चारकर्मी पुरस्कृत

बागलुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा आज तीनैजनालाई २०७५ , २०७६ र २०७७ सालको पुरस्कार एकसाथ प्रदान गरिएको हो ।पुरस्कृत हुनेमा रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल रहेका छन् । उनीहरुलाई जनही रु १० हजार राशिबाट पुरस्कृत गरिएको हो ।

शर्मालाई २०७५, बोहोरालाई २०७६ र पौडेललाई २०७७ को पुरस्कारबाट सम्मान गरिएको शाखा अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन समारोहमा नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य लीलबहादुर थापा र शाखा अध्यक्ष शर्माले पत्रकारत्रयलाई संयुक्तरूपमा नगद, प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मानित गर्नुभएको हो ।

बोहोरा ढोरपाटन दैनिकको कार्यकारी सम्पादक र पौडेल गोरखापत्र दैनिकमा आवद्ध हुनुहुन्छ । विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि पत्रकार हरिनारायण गौतम र रामबहादुर जिसी पुरस्कृत भइसक्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.