बर्दिबास प्रदर्शनले उग्ररूप लियाे, सवारीसाधन बन्द यात्रुलाई सास्ती

बर्दिबास प्रदर्शनले उग्ररूप लियाे, सवारीसाधन बन्द यात्रुलाई सास्ती

महोत्तरी । ६ वर्षीया एक बालिकाको बलात्कारपछि भएको भनिएको हत्याको विरोधमा बर्दियामा जारी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउदा बर्दिबास नगरपालिका १ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीयबासी झन आक्रोशित बनेका छन् ।

न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले बिहानदेखि निषेधाज्ञा जारी गरेको छ । बिहान ९ बजेदेखि बिहिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएपछि स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेपछि यातायातका साधनहरु रोकिएका छन् । सवारीसाधन नचलेपछि यात्रीलाई सास्ती भएको छ भने उनीहरु पैदल हिँड्न बाध्य भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.