सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एकीकृत विकासका लागि एक अर्वको परियोजना अघि सारेको छ । प्रदेश सरकारले वीरेन्द्रनगरको एकीकृत विकासका लागि संघ र वीरेन्द्रगर नगरपालिकासँग हालेमालो गर्दै यो परियोजना अघि बढाएको हो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला संयोजक रहेको एकीकृत विकास समितिले राजधानीका तत्कालीन आवश्यकता परिपूर्ति गर्ने नीतिगत निर्णयसमेत गरेको छ ।
तीन तहका सरकारको सहकार्यमा वीरेन्द्रनगरका सडक, खानेपानी, विमानस्थल विस्तार, पर्यटन विकासका साथै वातावरणमैत्री र हरियाली नगर बनाउने निर्णय समितिले गरेको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक अर्ब एक करोड र संघीय सरकारले ५१ करोड बजेट बिनियोजन गरिसकेको छ ।
