कञ्चनपुर । घाँटीमा ढुङ्गा अड्किएर एक बालकको मृत्यु भएको छ । बेदकोटनगरपालिका–९ सुन्दरपुरमा १६ महिने साकार भट्टको ढुङ्गा अड्किएर मृत्यु भएको हो । आँगनमा खेल्ने क्रममा मुखमा ढुङ्गा हाल्दा घाँटीमा अड्किको थियो ।
महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो । उपचारकै क्रममा मंगलबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
