भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बलात्कारपछि बालिकाको हत्या प्रयास

बलात्कारपछि बालिकाको हत्या प्रयास

जनकपुरधाम । सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ । पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेटेर हत्याको प्रयास गरेको पीडित परिवारले बताएको छ ।

शुक्रबार दिउँसो बालिका खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ बर्षीय मुकेश मुखियाले बलात्कारको प्रयास गरेको, बालिका चिच्याएपछि हँसियाले घाँटीमा आक्रमण गरेको र त्यही बेला मोटरसाइकलमा त्यही बाटो आइरहेका एक युवकले बचाएको वडा अध्यक्ष उमेश यादवले बताए ।

त्यस दिन बालिकाका आमा बुवालाई कुकुरले टोकेपछि रेबिजबिरुद्वको सुई लिन सदरमुकाम मलगंवा अस्पताल गएका थिए । आमाबुवा मलगंवा गएपछि बालिका खाना खाएर सेक्टर बाँधको कुलो नजिकै घाँस काट्न गएकी थिइन् । घट्नामा संलग्न युवक मुकेश मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.