भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बसको ठक्करबाट बालाजुमा २ जना पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट बालाजुमा २ जना पैदलयात्रीको मृत्यु

काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गंगा हल अगाडिको सडकमा आज बिहान बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिएर चालक फरार भएको र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.