काठमाडौं । दाङमा बस दुर्घटना हुँदा २३ जना घाइते र एक जनाको मृत्यु भएको छ । शुक्रबार दाङमा दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका हुन ।
दुर्घटनामा परि मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङको देउखुरी भन्ने ठाँउमा उक्त दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
