बस र जीप ठोक्किदा पाँच जनाको मृत्यु

बस र जीप ठोक्किदा पाँच जनाको मृत्यु

काभ्रे  । काभ्रेको मङ्गलटरमा बस जीप ठोक्किँदा ५ जनाको ज्यानको मृत्यु भएको छ । काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएका छन् घाइते १८ को स्थानीय अस्पतालमा उपचार र धुलिखेल अस्पताल उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाउने पाँच जान मध्ये एक जना बालक रहेको र परिचय खुनखुलेको काभ्रे प्रहरीले जनाएको छ । मृत्यु हुने मध्य पाँचै जना जीपमा सवार व्यक्तिहरु रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.