भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बहुमूल्य जडीबुटी  सुगन्ध कोकिलाले उचित मूल्य नपाउँदा मर्कामा किसान

बहुमूल्य जडीबुटी  सुगन्ध कोकिलाले उचित मूल्य नपाउँदा मर्कामा किसान

दाङ । बहुमूल्य जडीबुटी सुगन्ध कोकिला मालागेडीले उचित मूल्य नपाउँदा किसानहरु मर्कामा परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा सुगन्ध कोकिल पाइन्छ। लोपोन्मुख प्रजातिको वनस्पति सुगन्ध कोकिला आयआर्जन र पर्यावरणका लागि राम्रो हुने भए पनि यसले उचित मूल्य नपाएको मालागेडी सामुदायिक होमस्टे ग्रामका अध्यक्ष परवीर पुनले बताउँछन्। यसबाट उच्च क्वालिटीको फरफ्युम, अगरबत्ती लगायतको बस्तु बन्ने उनले बताए। मालागेडीको संरक्षणका लागि आफूहरुले मालागेडी सामुदायिक होमस्टे ग्राम स्थापना गरेको उनको भनाइ छ।

‘यो लुरा प्रजातिको बनस्पति हो,’ उनले भने, ‘यसको रुख हुन्छ। एउटा रुखबाट वार्षिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ। तर, यसका लागि हामीले उचित मूल्य पाएका छैनौं। यो वनस्पतिको रुख रोपेको चार वर्षपछि उत्पादन दिन थाल्छ।’ छिल्लीकोटमा रहेका करिब १०८ घरपरिवारले मालागेडी रोपेका छन्। एक घरपरिवारले करिब दुईदेखि तीन क्विन्टलसम्म बिक्री गर्ने गरेको स्थानीय भोजराज पुनले बताए। जसबाट वार्षिक करिब एक लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए। मालागेडी गाउँकै व्यापारीलाई बिक्री गर्ने गरेको र गत वर्ष प्रतिक्विन्टल ३६ हजार रुपैयाँमा बिक्री भएको थियो।

‘सुरुमा प्रतिक्विन्टल ५÷६ हजार रुपैयाँ बिक्री गर्दै आएको थियौं,’ उनले भने, ‘गत वर्ष ३६ हजार रुपैयाँमा बिक्री भएको हो। अहिले मूल्य कति जाने हो थाहा छैन। ब्यापारीले नै आफैं मूल्य गरेर लग्छन्।’करिब तीन वर्षअघि वन कार्यालयले मालागेडीका विरुवा दिएको दिएको र त्यही गाउँका सबैले लगाएको समेत उनले बताए। यो फल भारतमा निर्यात हुने पुनले बताए। भारत पठाउँदा भन्सारमा प्रतिकिलो ७० रुपैयाँ राजस्व लाग्ने भएकाले पनि किसानले उचित मूल्य नपाएको उनको छ।

गत वर्ष मात्र छिल्लीकोटबाट १०० कुइन्टल मालागेडी निकासी भएको थियो। त्यस क्षेत्रकै ओमप्रकाश पुनका अनुसार छिल्लीकोटको प्रमुख आर्थिक स्रोत मालागेडी हो। यहाँ उत्पादन भएको मालागेडी माघसम्म बिक्री गर्न मिल्ने बताए। छिल्लीकोटमा मालागेडी मात्र नभइ टिमुर, अदुवा खेतीका लागि पनि राम्रो ठाउँ मानिन्छ। तुलसीपुर उपमहानगरपालिकाले किसानहरुले उत्पादन गरेको मालागेडीको बजारीकरणका लागि सहकारी संस्था निर्माण गर्न आग्रह गरेको छ। त्यसमा उपहानगरपालिकाले सहकार्य र सहयोग गर्ने बताएको छ।

 

 


Thali Mobile Pvt.Ltd.