भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

महेन्द्रनगर । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ । बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको हो ।

उद्धार गरिएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापन केन्द्र त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो । युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न वेदकोट–१ हात्तिथलाका २० वर्षीय लोकेन्द्र बोहरा र बझाङ जिल्ला मष्टा गाउँपालिका–३ ठकुरीथानाका २१ वर्षीय सुनिल बोहरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको उहाँले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.