भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाँकेमा हतियारसहित ९ जना पक्राउ

बाँकेमा हतियारसहित ९ जना पक्राउ

काठमाडौं । अपरेशन महाहण्ट–७’ बाट नेपाली सेनाले बाँकेमा हतियारसहित ९ जनालाई पक्राउ गरेको छ। बाँके राष्ट्रिय निकुञ्जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले हतियारसहित निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई पक्राउ गरेको जनाएको हो।

सल्यानको कालिमाटी गाउँपालिकाका भीमबहादुर खनाललाई पक्राउ गरी थप सोधपुछ गर्दा निकुञ्जको सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने खनाल सहित ९ जनालाई पक्राउ गरेको हो । सल्यानकै रत्न थापा मगर, कृष्ण बहादुर थापा, सोमबहादुर खत्री, टेक बहादुर कुंवर, कुमार थापा, धनबहादुर थापा, देव प्रसाद थापा र तिलक डांगी प्रकाय गरेको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले बताएको छ।

गोठ तथा घर नजिकको झाडीहरुमा उनीहरुले लुकाई छिपाई राखेको अवस्थामा बरामद भएका भरुवा ६ थान बन्दुक आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको छ। ‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ।

 


Thali Mobile Pvt.Ltd.