भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा गाडी दुर्घटना

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा गाडी दुर्घटना

१९ जेठ २०७७, काठमाडौं । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा गाडी दुर्घटना भएको छ । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुदै सल्यान घर जान लागेकाहरु दुर्घटनामा परेका हुन् । गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

कामको शिलशिलामा भारत गएका उनीहरु भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरि नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।

नेपाल प्रहरीका अनुसार ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार गाडीको तीव्र वेगका कारण अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान हो ।

दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मृतक मध्यमा ११ जना पुरुष र एक महिला छिन् । मृतकको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको बताइएको छ । नेपाल प्रहरीका अनुसार सनाखत गर्ने क्रम चलिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.