भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा गाडी दुर्घटना

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा गाडी दुर्घटना

१९ जेठ २०७७, काठमाडौं । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा गाडी दुर्घटना भएको छ । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुदै सल्यान घर जान लागेकाहरु दुर्घटनामा परेका हुन् । गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

कामको शिलशिलामा भारत गएका उनीहरु भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरि नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।

नेपाल प्रहरीका अनुसार ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार गाडीको तीव्र वेगका कारण अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान हो ।

दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मृतक मध्यमा ११ जना पुरुष र एक महिला छिन् । मृतकको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको बताइएको छ । नेपाल प्रहरीका अनुसार सनाखत गर्ने क्रम चलिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.