भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बाँके दुर्घटना : गाडी चालक दैलेखका दानबहादुर खड्का सहित १२ जनाको मृत्यु

बाँके दुर्घटना : गाडी चालक दैलेखका दानबहादुर खड्का सहित १२ जनाको मृत्यु

२० जेठ २०७७ नेपालगन्ज । बाँके राप्ति सोनारी गाउँपालिका २ को मुगुवा खोला ठुरियाको जंगलमा भएको गाडी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । ११ जना घटनास्थलमै र एक जनाको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

भारतबाट घर फर्केका नेपालीलाई बोकेर जमुनाहा नाकाबाट दाङको तुलसीपुरसम्म जान लागेको ना५ख ५९९५ नम्बरको हायस आइतबार राति रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

चालक दलका तीनसहित सातजना मृतकको मात्र सनाखत भएका मध्य मृत्यु हुनेमा दैलेख घर भएका चालक दानबहादुर खड्का, सहचालक सुर्खेत घर भएका पवन भण्डारी र हायसमा सुर्खेतबाट आएका रितेश कार्की रहेका छन् ।

यसैगरी, दाङको शन्तिनगर ३ का पूर्णबहादुर पुनका श्रीमती र छोरा तथा राजपुर ६ का रामबहादुर पुनको मृत्यु भएको प्रहरी प्रमुख ओलीले बताए । सीमा नाका जमुनाहाबाट गाडीमा चढ्नेको सूचीका आधारमा अन्य ८ जना मृतकको नाम पत्ता लागे पनि परिवारका सदस्य र आफन्तले शव पहिचान गरेपछि मात्र सनाखत भएको मानिने प्रहरीको भनाइ छ ।

प्रहरीले आफन्तलाई पत्राचार गरेको छ । चारजनाको अवस्था अहिले पनि गम्भीर रहेको भेरी अस्पतालले जनाएको छ । घाइतेहरुको हातखुट्टा भाँचिएका छन् भने चाँडो उपचार गर्नुपर्ने बताइरहेका छन् । ४ जनाको छाती, टाउको र मुहारमा चोट लागेको छ ।

तीनजनाको खुट्टा भाँचिएको र हिप फ्याक्चर भएको छ । सल्यान, दाङ र रोल्पाका रहेका छन् ।चालकले रक्सी सेवन गर्नु, क्षमताभन्दा दोब्बर बढी यात्रु राख्नु र गाडीको हेडलाइट नै डिम भएका कारण दुर्घटना हुन पुगेको यात्रुले बताएका छन् ।

दुई देशको लकडाउन छिचोल्दै घर पुग्ने सपना उनीहरुको बाटोमै हरायो । पूर्व–पश्चिम राजमार्गको अगैयानजिकै भएको सवारी दुर्घटनाले उनीहरुको ज्यान गयो ।

 


Thali Mobile Pvt.Ltd.