भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

बागलुङको गलकोटमा पहिरो, दम्पती घरसहित पुरिए

बागलुङको गलकोटमा पहिरो, दम्पती घरसहित पुरिए

बागलुङ। बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती घरसहित पहिरोमा पुरिएका छन् । शनिबार बिहान ३ बजे अविरल वर्षाको कारण घरमाथिबाट आएको पहिरोले घरसहित बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती पुरिएका वडाअध्यक्ष तेज प्रसाद सापकोटाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले ३सय मिटर माथिबाट आएको पहिरोले विकको घरसहित दम्पती पुरिएको बताए । घटनास्थलमा प्रहरी पुगेर खोजीकार्य सुरु गरेको प्रहरी उपरीक्षक कंडेलले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

त्यस्तै पहिरोको कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ । अन्नपूर्ण पोस्ट दैनिकबाट।