बाजुरामा आईएनएफको बार्षिक समिक्षा सम्पन्न

बाजुरामा आईएनएफको बार्षिक समिक्षा सम्पन्न

देबराज पाध्याय, बाजुरा । बाजुरा जिल्लाको उत्तरपुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा संचालित आइएनएफ बाजुराका कार्यक्रमको वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण गरिएको छ । आइएनएफ बाजुराले हिमाली गाउँपालिकाको कार्यालय धुलाचौरमै आइतबार औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपलिकामा संचालित कार्यक्रमहरुको वार्षिक समिक्षा गरेको हो ।Bajura jilla

आइएनएफ बाजुराले हिमाली गाउँपालिकामा शिक्षा, स्वास्थ्य र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । आइएनएफ बाजुराका कार्यक्रम संयोजक जुहारीलाल कार्कीले वार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेको गाउँपलिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताए ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाही,वडा नं ५ का अध्यक्ष अम्मलाल कार्की, ७ का अध्यक्ष जय बहादुर कार्की, कार्यपालिका सदस्य नर बहादुर चँदारा, सपुरा रावत, रिउली पाण्डे, आइएनएफ बाजुराका कर्मचारी तथा हिमाली गाउँपलिकाका विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको समेत उपस्थिति थियाे ।

Mohotsav


Thali Mobile Pvt.Ltd.