भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाढी र पहिरोबाट विस्थापित एक सय बढि परिवारलाई राहत उपलब्ध

बाढी र पहिरोबाट विस्थापित एक सय बढि परिवारलाई राहत उपलब्ध

ताप्लेजुङ । ताप्लेजुङको मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सय बढि परिवारलाई राहत सामग्री पुगेको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा पहिलो राहतको सामाग्री पुगेको हो । नेपाली सेनाको हेलिकप्टरले सिदिङ्वा गाउँपालिका ६ को मेहेलेमा बुधबार लत्ताकपडा, टेण्ट, भाडाकुडा र स्वास्थ्यका सामग्री पुर्याएको हो ।

गत शनिबार आएको बाढी पहिरोमा परी सो स्थानमा तीन जनाको मृत्यु भएको छ तीन जना अझै बेपत्ता छन् । मृतकका परिवार तथा आफन्त र बाढी पहिरोबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरेर राहत उपलब्ध गराउने पहल भईरहेको छ ।

प्रदेश सरकारबाट प्राप्त भएका स्वास्थ्य सामग्री र टेण्ट लिएर आएको हेलिकप्टरमा सदरमुकामबाट त्रिपाल, कम्बल, भाडाकुँडा थपेर पठाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पीडितले स्थानीय निलगीरी माध्यामिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।

 


Thali Mobile Pvt.Ltd.