भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

बारामा प्रहरीको गोली लागेर एक जनाको मृत्य

बारामा प्रहरीको गोली लागेर एक जनाको मृत्य

बारा । प्रहरी र कर्मचारीबीच झडप हुदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिकामा १ का २५ बर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कैलाश खबरलाई बताए । झडपमा एक जना गम्भीर घाइते भएका छन् ।

मृतकको टाउकोमा गोली लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन । घाइते एक जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुख किशोरी साह कलवारले हाजिर गराउन लिएर जाने क्रममा कर्मचारीहरुले हाजिर गर्न नदिएपछि विवाद भएको थियो ।

विवाद वढ्दै जाँदा झडप भएको थियो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दा प्रहरीले गोली चलाएको बुझिएको छ । झडपमा १० जना प्रहरी घाइते भएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । नगरपालिकामा कार्यरत स्थायी, करार र ज्यालादारी कर्मचारीले तलव नपाएपछि आन्दोलन गरेको जिकिर गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.