भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थाल्यो

इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थाल्यो

एजेन्सी । काठमाडौं । गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले कडा आलोचना गरेका छन्। इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थालेको वासिङ्टनमा कोष सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले टिप्पणी गरेका हुन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि भूमि युद्धका साथै हमासलाई ध्वस्त पार्ने र बन्धकहरूलाई फिर्ता गर्ने लक्ष्यका लागि अमेरिकाको पूर्ण समर्थन रहेकोे दाबी गरेका छन्। उनले पटकपटक गाजामा युद्ध रोक्न आएको अन्तर्राष्ट्रिय दबाबलाई अमेरिकाले अवरुद्ध गरेको दाबी गरे। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा युद्धविरामको प्रस्ताव पनि अमेरिकाले भिटो प्रयोग गरी असफल बनाएको थियो।

यसअघि हमासले अक्टोबर ७ मा आक्रमण सुरु गरेदेखि नै इजरायललाई पूर्ण समर्थन गर्दै आएका राष्ट्रपति बाइडेनकोे पछिल्लो टिप्पणीलाई लिएर धेरैले आश्चर्य मानेका छन्। तर बाइडेनले अमेरिका अहिले पनि इजरायलको साथमै रहेको दोहोर्‍याएका छन्। ‘अमेरिका अहिले पनि इजरायलसँगै छ। अमेरिका मात्र होइन युरोपेली संघसहित विश्वको अधिकांश हिस्सा छ’, बाइडेनले भने, ‘तर अन्धाधुन्ध बमबारीले उसले समर्थन गुमाइरहेको छ।’ उनले भने ।

 


Thali Mobile Pvt.Ltd.