भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मायादेवीको शव नबुझ्ने माइती पक्षको अडान, दोषी पत्तालगाई कारबाही गर्न माग

मायादेवीको शव नबुझ्ने माइती पक्षको अडान, दोषी पत्तालगाई कारबाही गर्न माग

भक्तपुर । गत आइतबार मृत्यु भएकी मायादेवी शाक्यको शव नबुझ्ने माइतीपक्षले जनाएका छन् । मायादेवी शाक्यलाई मारिएको हुनसक्ने आशंकामा दोषी पत्ता नलागेसम्म आफूहरुले शव नउँठाने माइतीपक्षले जनाएका हुन । गत आईतबार विहान सूर्यविनायक नगरपालिका वडा नं ५ सृजना नगरमा रहेको आफ्नै घरको ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु भएको भन्दै मृतक शाक्यका श्रीमान् दानकाजी शाक्यले माइतीपक्षलाई खबर गरेका थिए ।

शाक्यको मृत्युको खबर पाएका माइतीपक्षले पोष्ट मार्टमकालागि काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट लगेसंगै उनको मृत्यु स्वाभाविक मृत्यु नभएको आशंका गरेका थिए ।

मृतक शाक्यको अनुहार, घाटी, मुख, छाती लगायतका भित्री अंगहरुमा समेत चोट देखिएकाले उनको मृत्यु प्राकृतिक नभई कसैले हत्या गरेको हुन सक्ने माइती पक्षको ठहर छ । माइती पक्षले दोषी पत्ता नलगाएसम्म मायादेवीको लाश नबुझने बताउँदै छानविन गर्न माग गरेका छन् ।

सृजना नगरमा गत आईतबार उनको मृत्यु भएको हो । सोमबार गरेको पोष्टमार्टम रिपोर्टमा निसासिएर मृत्यु वरण गरेको विवरण आएपछि उनका माइतीपक्षले सत्य तथ्य छानविन गरी दोषिलाई कार्वाही गर्न आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.