भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बार्सिलोना र सेभिया बराबरीमा रोकिए

बार्सिलोना र सेभिया बराबरीमा रोकिए

काठमाण्डौ । बार्सिलोना र सेभियाले स्पेनिस ला लिगामा बराबरी खेलेका छन् । बुधबार भएको खेलमा बार्सिलोना र सेभियाले एक र एक गोलको बराबरी खेलेका हुन् । पहिलो हाफको ३२ औँ मिनेटमा सेभियाका पपु गोमेजले गोल गरी सेभियालाई अग्रता दिलाएका थिए तर खेलको ४५ औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा सेभिया १० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले थप गोल गर्न सकेन । खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । लिगमा १८ खेलमा ३८ अंकका साथ सेभिया दोस्रो स्थानमा छ ।

समान खेलमा २८ अंक रहेको बार्सिलोना सातौँ स्थानमा छ । लिगमा ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ । अर्को खेलमा भिल्लारियलले एलाभेसलाई ५–२ ले हराएको छ ।

 


Thali Mobile Pvt.Ltd.