भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अहिलेसम्म ७०० स्थानीय तहको नतिजा घोषणा

अहिलेसम्म ७०० स्थानीय तहको नतिजा घोषणा

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुनेक्रम जारी छ । हालसम्म निर्वाचन आयोगले ७०० स्थानीय तहको नतिजा घोषणा भएको जनाएको छ । निर्वाचन सम्पन्न भएको ९ दिन वितिसक्दा पनि अन्तिम मत परिणाम आउन केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

देशभर कूल ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि जनताले बैशाख ३० गते चुनेका छन् । अव केही स्थानमा मतगणना जारी रहेको छ । हालसम्मको विवरणअनुसार देशैभर नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टीका रुपमा देखिएको छ ।

पछिल्लो विवरणअनुसार नेपाली काँग्रेसले देशभरका मतगणना भइसकेका नगरपालिकाको प्रमुख पदमा १ सय २३ सिट हासिल गरेको छ भने गाउँपालिका अध्यक्षमा १ सय ८४ वटामा विजयी भएको छ । गणना भइरहेका स्थान मध्य १४ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् ।

देशभर २०७४ सालमा पहिलो पार्टी बनेको तत्कालीन नेकपाको आन्तरिक कलहले पूर्व नेकपा एमाले विउँतीयपछि हाल नेकपा एमाले दोस्रोे बनेको छ । एमालेले हालसम्म ६७ नगरपालिका र १ सय २१ गाउँपालिकामा विजय हासिल गरेको छ भने जितेको छ । १४ वटा नगरपालिकामा र २ वटा गाउँपालिकामा अगाडि छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि हालसम्मको विवरण अनुसार देशभर २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ । तीन वटा नगरपालिकामा माओवादीको अग्रता छ ।

त्यस्तै नेकपा एमाले फुटेर हालै बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले ९ नगरपालिकाको प्रमुख पदमा विजयी बनेको छ भने २ वटामा अग्रता कायम गरेको छ ।

स्वतन्त्रसहित अरु दलले २५ ठाउँमा नगरप्रमुख पदमा विजय हासिल गरेका छन् । त्यसैगरी देशभर हालसम्म गणना भएका स्थानहरुमा उपप्रमुख पदमा नेपाली काँग्रेसले ९४ स्थानमा, नेकपा एमालेले ९१ स्थानमा, माओवादी केन्द्रले ३२ स्थानमा जितेको छ भने उपाध्यक्षमा क्रमश नेपाली काँग्रेसले १ सय ८७, एमालेले १ सय २२ र ९३ वटामा जितेको छ ।

त्यसैगरी सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टी नेपाल उपमेयर पदमा ११ स्थानमा विजयी भएको छ । स्वतन्त्रसहित अन्य दलले २० ठाउँमा जिते हासिल गरेका छन् । त्यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीले १८ र स्वतन्त्रसहित अन्यले २७ ठाउँमा जितेका निर्वाचन आयोगको विवरण छ ।

देशभरका पालिका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले २ हजार ५ सय २६ वटा, नेकपा एमालेले २ हजार ३३ वटा, माओवादी केन्द्रले १ हजार २७ वटा, जनता समाजवादी पार्टीले २ सय ६७ वटा र स्वतन्त्रसहित अन्य ५ सय ५५ वटामा विजय हासिल गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.