भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

बाह्रकुने तालमा डुङ्गा सरर……….

बाह्रकुने तालमा डुङ्गा सरर……….

देउखुरी, । कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ । तुलसीपुर–६ की सम्झना आचार्य बुधबार साथीसँग बाह्रकुने तालमा घुम्न आउनुभयो । “पुरानो डुङ्गाको ठाउँमा नयाँ डुङ्गा आएको रहेछ, साथीहरुसँग सेल्फी लिँदै जलविहार गर्दा मज्जा आयो”, उहाँले भन्नुभयो, “गाउँका अरु साथीलाई पनि बाह्रकुने जानु भन्छु ।

मन्दिर पुग्ने जोकोहीलाई डुङ्गाले झनै आकर्षक बनाएको छ ।” घोराही–१४ का विशाल पौडेल वनभोजका लागि साथीसँग बाह्रकुने पुग्नुभएको थियो । “वनभोजका लागि उपयुक्त स्थान छ । आधुनिक डुङ्गा देख्दा घुमौघुमौ लाग्योे, डुङ्गामा सरर ताल परिक्रमा गर्दा छुट्टै आनन्द आयो”, उहाँले भन्नुभयो । दाङसहित सल्यान, प्यूठान, रोल्पा, रुकुम र छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा भक्तजन आउने बाह्रकुने धार्मिक समितिका अध्यक्ष टेमन बुढाले जानकारी दिए ।

“धार्मिक र पर्यटकीय हिसाबमा मानिसको सहभागिता हुन्छ, माघेसङ्क्रान्तिका दिनमा भक्तजनको ठूलो मेला लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “पुस महिनादेखि नै भक्तजनको उल्लेख्य सहभागिता हुने गर्दछ । दसैँ, तिहारपछि वनभोज खानेहरुको भीडभाड नै हुने गर्छ ।” पछिल्लो समय विद्यार्थी, युवा र ज्येष्ठ नागरिकको बाह्रकुने ताल रोजाइको क्षेत्र बनेको छ । घोराही बजारबाट उत्तर–पश्चिम तीन किलोमिटरको दूरीमा रहेको दह पाँच हेक्टर जमिन छ । बाह्रवटा कुना रहेको सो ताल प्राकृतिकरूपमा निर्मित जानकार बताउँछन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल लुम्बिनी प्रदेशको नमूना तालमा पर्दछ । बजारबाट अटोरिक्सामा सजिलै यो ठाउँमा पुग्न सकिन्छ । सोे तालमा काठका पुराना दुईवटा डुङ्गा थिए । पर्यटकको चाप भएको समयमा पालो कुरेर बस्नुपर्ने बाध्यता थियो । बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक चारवटा डुङ्गा सञ्चालनमा ल्याएको छ । एउटा डुङ्गामा चार जना बसेर शयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिसँग पाँचवर्षे सम्झौता गरी तालमा आधुुनिक खालको फाइवरको डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ ।

प्रालिका अध्यक्ष जगत् दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुङ्गा ल्याएको बताए । स्थानीय चार युवाले रु १२ लाख लगानी गरी डुङ्गा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । डुङ्गामा सयर गदार्ए लगाउने लाइफ ज्याकेट र २० जनाको दुुर्घटना बिमासमेत गरिएको प्रालिले जनाएको छ । डुङ्गामा बसेर तालको एक फन्को लगाए रु ५० शुल्क तिर्नुुपर्ने छ । ज्येष्ठ नागरिक र विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले जानकारी दिनुुभयो । यसअघि तालमा काठको डुङ्गा सञ्चालनमा रहेको थियो । वार्षिक रु ६० हजार प्रालिले मन्दिर संरक्षण समितिलाई बुुझाउने सम्झौता भएको छ ।

 


Thali Mobile Pvt.Ltd.