भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, । काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा ४ ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते महतोको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार रामेछाप घर भई भक्तपुर बस्ने ३० वर्षीय अम्बरबहादुर पहरीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.