बिरामी बोकेको जीप डाँडाफयामा दुर्घटना, चारको मृत्यु, सात घाइते

बिरामी बोकेको जीप डाँडाफयामा दुर्घटना, चारको मृत्यु, सात घाइते

हुम्ला । बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजे दुर्घटनामा परेको हुम्ला प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको हो ।

सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन । घाईतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.