बुटवल । अवरुद्ध बुटवल– नारायणघाटखण्ड एक तर्फी रुपमा सञ्चालनमा आएको छ । बाढीले सडक भत्काएपछि अवरुद्ध बुटवल– नारायणघाटखण्ड एक तर्फी रुपमा सञ्चालनमा आएको हो । बुटवल नारायणघाट सडक स्तरउन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनीले बाटो मर्मत गर्न ढिलाइ गर्दा दुई दिनसम्म सवारी साधनहरु सडकमै अलपत्र परेका थिए ।
बाढीले कालोपत्रेबाहेक सडकभित्रको ह्यूमपाइपसहित फाउण्डेशन भत्काको थियो । साना सवारी साधनहरु भने कावासोतीबाट दक्षिणतर्फ पिठौली हुँदै उत्तरतर्फ रिठ्ठेपानी भएर झण्डै १० किलोमिटर भित्रीबाटोबाट लोका निस्किएका थिए ।
