भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

बेपत्ता व्यक्ति छानबिन आयोगको टोली बझाङमा

बेपत्ता व्यक्ति छानबिन आयोगको टोली बझाङमा

बझाङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट बेपत्ता पारिएका परिवारसँग भेटघाट गरेको छ ।

द्वन्द्वका बेला यहाँबाट बेपत्ता भएका वा बेपत्ता पारिएका २० जनाको नाम र ठेगाना आयोगले सार्वजनिक गरेपछि पीडित परिवारले उनीहरुको छिटोछरितो खोजी तथा छानबिनका लागि आयोगसँग अनुरोध गरेका छन् । सो अवसरमा आयोगका अध्यक्ष सुवेदीले देशभर ७७ जिल्लामध्ये ७५ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत बेपत्ताको छानबिनका लागि उजुरी दर्ता भएको र आयोगले क्षेत्र, जिल्ला एंव स्थानीय तहसमेत छुट्याइसकेको बताउनुभयो ।

उहाँले पीडितलाई राहत दिने र पीडित पहिचानमा राज्यले ढिलाइ गरेकोमा क्षमासमेत माग्नुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “अब स्थानीय सरकारलाई बेपत्ता व्यक्तिको विवरण पठाउँछौँ । बेपत्ता व्यक्ति घर परिवारको सम्पर्कमा आए नआएको विवरण लिएर स्थानीय तहले आयोगमा पठाइ सहयोग गर्नुपर्छ ।” पछिल्लो समय धेरैजसोले सूचना नपाएर उजुरी गर्न नसकेकालाई आवश्यक कागजात तथा प्रमाण लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन पनि उहाँले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.