भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बेलायतमा थुनामा रहेका भारतीय अरबपति नीरभ मोदीलाई भारत सुपुर्दगी गर्न सकिने

बेलायतमा थुनामा रहेका भारतीय अरबपति नीरभ मोदीलाई भारत सुपुर्दगी गर्न सकिने

लण्डन । बेलायतस्थित लण्डन अदालतले भारतीय अरबपति हिरा व्यापारी नीरभ मोदीलाई भारतमा सुपुर्दगी गर्न सक्ने जनाएको छ। सम्पति शुद्धिकरण र ठगीको अभियोगमा सन् २०१९ मार्चमा बेलायतमा पक्राउ परेका नीरभ मोदीलाई लण्डन अदालतले भारतमा सुपुर्दगी गर्न सक्ने जनाएको हो ।

अरबपति हिरा व्यापारी मोदीको डाइमण्ड प्रसिद्ध हलिउड कलाकारहरु केट वीन्सलेट, डाकोटा जोनसोन लागायतले लगाइसकेका छन् । मोदीविरुद्ध पञ्जाब नेशनल बैंकमा ठूलो मात्रामा ठगी, सम्पति शुद्धिकरण, आफुबिरुद्ध बयान दिने साक्षीलाई धम्काएको, प्रमाणहरु नष्ट गर्न खोजेको जस्ता मुद्दामा छानबीन भइरहेको छ ।

अरबपति मोदीले भने आफुले केही गलत नगरेको दाबी गर्दै आएका छन् । भारतले मोदीविरुद्ध मुद्दाका लागि पर्याप्त प्रमाणहरु उपलब्ध गराएको वेस्टमिन्स्टर अदालतका जिल्ला न्यायाधीश स्यामुल गुजले बताए ।

भारत सरकारले सुपुर्दगी भए नीरभ मोदीलाई मुम्बईस्थित आर्थुर रोड जेलको बाराक नम्बर १२ मा राखिने बताएको छ । बेलायतको कानुन अनुसार मोदीलाई सुपुर्दगी गर्ने या नगर्ने बारे बेलायती आन्तरिक मामिला मन्त्री प्रीति पटेलले अन्तिम निर्णय गर्नेछिन् । समाचार स्रोतः ट्रिब्युन

 


Thali Mobile Pvt.Ltd.