भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रतिवेदनको प्रतिक्षामा राष्ट्रिय परीक्षा बोर्ड

प्रतिवेदनको प्रतिक्षामा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । कोरोना कहरबीच कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालनबारे अध्ययन सुरु भएको छ । कोभिड–१९को सङ्कट भइरहँदा आठ लाखभन्दा बढि विद्यार्थीलाई कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु भएको हो ।

बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीका विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको परीक्षा बोर्डले जनाएको छ । वैशाख २७ गते गठन गरिएको कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो । राष्ट्रिय परीक्षा बोर्ड उक्त समितिको प्रतिवेदनको प्रतिक्षामा रहेको र प्रतिवेदनले देखाएको बाटोमा परीक्षा बोर्ड अगाडि बढ्ने परीक्षा बोर्डले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.