भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड बराबरको अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड  बराबरको अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ।
“बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाउनुभएको छ ।

मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ।
“पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि लगभग २५ ट्रक लोडहरू सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ।” विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही शुरु गरेको हो । रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन्।

 


Thali Mobile Pvt.Ltd.