काठमाण्डौ । गण्डकी प्रदेशमा ४ मन्त्री नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चार मन्त्री नियुक्त गरेका हुन । नियुक्त हुने मन्त्रीहरुमा नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।
गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन । गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित सात सदस्यीय बनेको छ । १५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
