भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

काठमाडौं । यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भिडभाड कम नभएको जस्ता गुनासोपछि राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

सूचना अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाडौंमा तीन, विकास बैंकले दुई र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाइएको छ । ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक÷एक शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना बैंकले वेभसाइटमा दैनिक प्रकाशन गर्नुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.