भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

बैतडीमा मदिरा बेचबिखनमा प्रतिबन्ध

बैतडीमा मदिरा बेचबिखनमा प्रतिबन्ध

बैतडी । देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ । बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो । देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौँ बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेचबिखन र ओसारपोसारमा रोक लगाइएको छ । वडाध्यक्ष रनबहादुर बोहराका अनुसार मदिरा बेचबिखन तथा सेवन गरेको पाइएमा जरिवाना गरिनेछ । कसैले मदिरा सेवन गरेको पाइएमा रु दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा रु छ हजार जरिवानासहित मदिरासमेत जफत गरिने वडा कार्यालयले जनाएको छ । यसका साथै जुवा खेले वा खेलाएमा रु तीन हजार जरिवाना गरिने बताइएको छ ।

उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन पनि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । महाअष्टमी र महानवमीका दिन पूर्णरुपमा रोक र आइतबारदेखि पाटन बजारमा अपराह्न ३ः०० देखि ६ः०० बजेसम्म मात्रै मदिरा बिक्रिवितरण गर्न पाइने जनाइएको छ ।

सरोकारवालाको बैठकले मेलालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न पाटन नगरपालिका– ६ का वडा सदस्य करनसिंह कठायतको अध्यक्षतामा १३ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको हो । यस्तै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले मेला तथा जात्रामा सहभागी हुने दर्शनार्थीलाई अनिवार्यरुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.