भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सुनसरीको जिल्ला प्रहरी कार्यालय तनाव ग्रस्त, प्रहरीसहित दजर्न बढी घाइते

सुनसरीको जिल्ला प्रहरी कार्यालय तनाव ग्रस्त, प्रहरीसहित दजर्न बढी घाइते

सुनसरी । सुनसरीको जिल्ला प्रहरी कार्यालय परिसरको प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएको छ । हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको हो ।

अनुसन्धानको क्रममा थुनामा रहेका भोक्राहा ५ का मोहम्मद हकिम साह अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन । पीडितका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएपछि प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको प्रहरी जानकारी दिएको छ । लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने उनीहरुले बताइरहेका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.