भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुरका दुई ठाउँबाट १८ लाख रुपैयाँभन्दा बढीका गरगहना र नगद चोरी

भक्तपुरका दुई ठाउँबाट १८ लाख रुपैयाँभन्दा बढीका गरगहना र नगद चोरी

भक्तपुर । भक्तपुरका दुई ठाउँबाट सुनका गरगहना र नगद गरी १८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा हिजो नगद र गरगहना चोरी भएको हो । चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसो ढोकाको ताला फुटाइ १० लाख ९६ हजार छ सय २५ रुपैयाँ बराबरको सुनको गहना र नगद ३१ हजार रुपैयाँ चोरी भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

त्यस्तै, प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भइ मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने बबिता भट्टराईको डेराबाट सात लाख १२ हजार रुपैयाँ बराबरको सुनका गरहगहना र १६ हजार रुपैयाँ नगद चोरी भएको छ । प्रहरीले चोरीमा संलग्नको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.