भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भक्तपुरका सार्वजनिक यातायात भदौ १५ गते सम्म पूर्णरुपमा बन्द

भक्तपुरका सार्वजनिक यातायात भदौ १५ गते सम्म पूर्णरुपमा बन्द

२ भदौ २०७७ भक्तपुर । उपत्यकालगायत विभिन्न सहरहरुमा दैनिक सयौंको संख्यामा संक्रमित थपिरहेको र भक्तपुरमा पनि संक्रमितहरु बढ्दै गएपछि सार्वजनिक यातायात भदौ १५ गते सम्मका लागि बन्द गरिएको छ ।

संक्रमण समुदायस्तरमा फैलिन नदिन भक्तपुर नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु भोलि भदौ ३ गतेदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय नगरपालिकाले गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको यातायात व्यवसायीको मंगलबार बैठकले यातायात बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

बैठकमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोग तीव्र गतिमा बढिरहेकोले नगरपालिकाले गरेको निर्णय प्रति पूर्ण समर्थन रहेको यातायात व्यवसायीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.