भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन |

भक्तपुर नपाको आठौं नगरसभा सुरु, अर्को बैठक माघ ४ गते बस्ने

भक्तपुर नपाको आठौं नगरसभा सुरु, अर्को बैठक माघ ४ गते बस्ने

भक्तपुर । नगरपालिकाको आठौं नगरसभा आजबाट सुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर आठौं नगरसभा सुरु भएको हो ।

कार्यक्रम सुरु गर्नुहुँदै सभाध्यक्ष प्रजापतिले सम्पूर्ण सभासद्हलाई आफ्नो विचार र सिद्धान्तलाई कायम गर्दै नगर र नगरबासीको सेवाको तत्पर भएर लाग्नुपर्ने बताए । विचार र सिद्धान्त छोड्नु हिमालयमा चिप्लेटी खेल्नु जस्तै हुने भनी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितले भने जस्तै विचारमा अडिग भई इमानदारितापूर्वक जनप्रतिनिधिले कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।

हिउँदे नगरसभाले विशेषतः ऐन, नियम, कानुन र निर्देशिका निर्माण गर्ने बताउँदै विशेष अध्ययन र सरसल्लाहबाट मात्रै नियम कानुन निर्माण गर्नेमा जोड दिएको बताए । सभामा सबै सदस्यहको सक्रिय सहभागिताको लागि आग्रह समेत गरे । नगरसभाको अर्को बैठक माघ ४ गते आइतबार दिनको १ बजे बस्ने गरी बैठक सकिएको जानकारी गराए ।

 


Thali Mobile Pvt.Ltd.