भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भगवान राम नेपाली भएकाे प्रमाण जुटाउँदै

२ साउन २०७७ भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि माडी नगरपालिका यति बेला अयोध्याको प्रमाण जुटाउन लागेको छ ।

माडीको अयोध्यापुरीमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि प्रमाणित गर्न नगरपालिकाले खोजी थालेको हो ।धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको नगर प्रमुख ठाकुर ढकालले बताए ।

ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेका बताएका छन् । सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्नेमा आफूहरु विश्वस्त रहेको प्रमुख ढकालले बताए।

 


Thali Mobile Pvt.Ltd.