भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

भदौ २२ गतेसम्म दल बदल्न पाइने

भदौ २२ गतेसम्म दल बदल्न पाइने

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीजसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल दर्ता भएका छन् ।

सरकारले हालै ल्याएको अध्यादेशअनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याए दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि यी दुबै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् । अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भएअनुसार भदौ २२ गतेभित्र दुबै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने आयोगद्वारा जारी सूचनामा जनाइएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.