भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८ मत गणना गर्दा उहाँले ९८ मतले अग्रता कायम राख्नुभएको छ ।दाहालले एक हजार १०५ मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का विजय सुवेदीले एक हजार सात मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गर्नुभएको हो ।

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाउनुभएको छ ।यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गर्नुभएको छ ।गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.