भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द image

मङ्गलबारे, । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि बिद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् ।

गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलगायतका स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको छ । साथै निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।

अस्पतालमा शय्या नहुँदा बिरामीलाई भुइँमा राखेरसमेत उपचार गराइँदै आएको छ । बिरामीलाई चिकित्सकले भीडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । पानी उमालेर मात्र खाने, चिसोबाट जोगिनसमेत स्वास्थ्यकर्मीको सल्लाह छ । बर्खामा दूषित पानीसहितको भेल पानीको मुहानमा पस्ने र सोही पानी प्रयोगका कारण पनि ज्वरोका बिरामी बढेको जनाइएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • इनारमा निसास्सिएर दुई जनाको मृत्यु image

    इनारमा निसास्सिएर दुई जनाको मृत्यु

    भक्तपुर । इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर...

  • श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग image

    श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

    काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका...

  • गाँजा ओसार्ने दुई जना पक्राउ image

    गाँजा ओसार्ने दुई जना पक्राउ

    बारा । ट्रकमा लागूऔषध गाँजा ओसारेर तस्करी गर्ने दुई जना पक्राउ परेका छन् । ट्रकसहित पक्राउ पर्नेमा चालक मकवानपुरको मनहरी गाउँपालिका–२ स्थायी घर भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा...

  • ट्रकसहित ८९० क्यू फिट अवैध काठ बरामद image

    ट्रकसहित ८९० क्यू फिट अवैध काठ बरामद

    मुस्ताङ । लुकाईछिपाई ट्रकमा लोड गरी मुस्ताङ ल्याइएको अवैध काठ प्रहरीले बरामद गरेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोमतर्फ आउँदै गरेको ग २ ख नम्बरको ट्रकमा लुकाई छिपाई ल्याइएको...


hotelghyampedanda