भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

बैतडी । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

लक्षणहरु कारोनासँग मिल्दोजुल्दा हुने गरेको भए पनि कोरोना नभएर भाइरल ज्वरो रहेको डा . जोशीको भनाइ छ । मौसममा आएको परिवर्तन र निषेधाज्ञा खलेसँगै ज्वरोका बिरामी बढेका डा जोशीले बताए । “निषेधाज्ञा हटेको छ, बजार क्षेत्रमा भिडभाड बढ्यो, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गर्दैनन्, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उहाँले भन्नुभयो, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । सरकारी स्वास्थ्य संस्थामा मात्रै नभएर नीजि मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हल मुस्याचौरका सञ्चालक प्रकाशचन्द्र भट्टले जानकारी दिए । बालबालिकालाई समेत भाइरल ज्वरोले नछाडेको उहाँको भनाइ छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.