भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

भारतबाट आएका यात्रु बाेकेर कालिकोट जादै गरेकाे टिप्पर कर्णाली नदीमा खस्याे, दुइ जनाकाे शव भेटियाे

भारतबाट आएका यात्रु बाेकेर कालिकोट जादै गरेकाे टिप्पर कर्णाली नदीमा खस्याे, दुइ जनाकाे शव भेटियाे

२८ जेठ २०७७ जीतेगडा । ३० जना यात्रु बोकेर कालिकाेट जादै गरेको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएका मानिसलाई बाेकेर क्वारेन्टाइनतर्फ लैजाँदै गरेको उक्त टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो । दुर्घटनामा परी ३० जना वेपत्ता भएको राकम प्रहरीले जनाएको छ ।

कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीयले बताए । भारतबाट आएकाहरुलाई टिप्परले रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा लैजाँदै गरेकाे थियो । दुर्घटनापछि प्रहरीको टोली घटनास्थलमा खटिएकाे छ ।

स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी उपलब्ध नभए पछि भारतबाट आएकाहरुको संख्या पनि धैरै भएका कारण ना ८ ख ५१३३ नम्बरको टिपरले बाेकेर लग्दै थियाे । जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेकाे कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए ।

घटनामा २ जनाको शव फेला परेको छ ।, अरु विवरण आउने क्रममा रहेकाे छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्य जारी राखेकाे छ । घटना भएको ठाउँमा फोनले समेत काम गर्दैन ।

 


Thali Mobile Pvt.Ltd.