भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

भारतमा एक छात्रावासमा एकैपटक सय जना विद्यार्थी बिरामी

भारतमा एक छात्रावासमा एकैपटक सय जना विद्यार्थी बिरामी

जबलपुर (मध्य प्रदेश) छात्रावासको पाकशालामा खाना खाएका १ सय जनाभन्दा बढी विद्यार्थी बिरामी भएर अस्पताल भर्ना भएका छन्।

मध्यप्रदेशको जबलपुर जिल्लास्थित एक आवासीय विद्यालयको छात्रवासको भान्सामा खाना खाँदा ती विद्यार्थी बिरामी परेका हुन्। बिरामी सबैजना अस्पताल भर्ना भएका छन्। जिल्लाको रामपुर छपर क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीले सोमबार राति खाना खाएपछि पेट दुखेको भन्दै वान्ता गर्न थालेका थिए।

अधिकांश विद्यार्थीले तारन्तार वान्ता गर्न थालेपछि विद्यालयका कर्मचारी, स्थानीयवासी र प्रहरीले उनीहरूलाई अस्पताल लगेका थिए। प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकृत डा। सञ्जय मिश्रका अनुसार सोमबार राति विद्यालयको छात्रावासमा गरेको भोजन विषाक्त भएकाले उनीहरू सबै बिरामी भएका हुन्।

अहिले उनीहरू सबैको अवस्था स्थिर छ। चिकित्सकको निगरानीमा उनीहरूलाई २४ घण्टासम्म अस्पतालमा नै राखिने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.